शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा, चालु खातामा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) शोधनान्तर स्थिति सवा २ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोड डलरले बचतमा रहेको छ ।

यस अवधिमा चालु खाता पनि १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

 

रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढ्यो, ६ खर्ब ४० अर्ब भित्रियो Read Previous

रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढ्यो, ६ खर्ब ४० अर्ब भित्रियो

दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प Read Next

दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प