राष्ट्रिय वाणिज्य बैंकले खोल्यो प्रदेश कार्यालय

काठमाडौं । वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

 

वीरेन्द्रनगर नगरपालिका-८ मा अवस्थित कार्यालयको शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्दै वाणिज्य बैंकलाई निजी बैंकभन्दा छिटोछरितो र विश्वसनीय सेवा दिनुपर्ने चुनौती रहेको बताए । साथै उनले कर्णालीवासीको आम्दानीको अवस्थालाई मध्यनजर गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आग्रह गरे ।

 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयबाट रु एक करोड २५ लाखको ऋण स्वीकृत तथा रु दुई करोड ५० लाखसम्मको कर्जाको नवीकरण गर्न सकिने जानकारी दिए । मुलुकभर बैंकका झण्डै ३० लाख निक्षेपकर्ता, कर्जा लिने ग्राहक दुई लाख र शाखा २२८ छन् । त्यस्तै, एटिएम शाखा २०५, शाखारहित बैंकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैंकिङका १० लाख ग्राहक छन् ।

निजगढ-बर्दिबास रेलमार्ग निर्माण तीव्र Read Previous

निजगढ-बर्दिबास रेलमार्ग निर्माण तीव्र

कुलमानको नेतृत्व: तीन वर्षमा ७ अर्वको विद्युत चुहावट रोक्न सफल Read Next

कुलमानको नेतृत्व: तीन वर्षमा ७ अर्वको विद्युत चुहावट रोक्न सफल