वायुसेवा निगमको अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगमको अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकले रास्वपाका सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमिति सदस्यमा कांग्रेसका सांसद योगेश गौचन थकाली, एमालेका सांसद सुनिता बराल र माओवादी सांसद छिरि ल्हामु लामा (तामाङ) रहेका छन् ।

उक्त समितिलाई नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेस गर्न समय सीमा तोकिएको छ ।

प्रदेश र स्थानीय तहको संचिति कोष बचतमा, संघीय सवा २ खर्ब ऋणात्मक Read Previous

प्रदेश र स्थानीय तहको संचिति कोष बचतमा, संघीय सवा २ खर्ब ऋणात्मक

चालु आर्थिक वर्षमा बेरुजु शून्य बनाउने महानगरेको योजना Read Next

चालु आर्थिक वर्षमा बेरुजु शून्य बनाउने महानगरेको योजना