लक्ष्मी सनराइज बैंकको साधरण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०८०/८१ सम्म बैंकले ३३३ अर्ब निक्षेप संकलन गरी २५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

बक्यौता रकम भुक्तानीका लागि व्यवसायीले गुहारे प्रधानमन्त्री Read Previous

बक्यौता रकम भुक्तानीका लागि व्यवसायीले गुहारे प्रधानमन्त्री

अर्थतन्त्र सुधार्न के-के गर्नुपर्छ ? यस्ता छन् उच्चस्तरीय आयोगका सुझाव Read Next

अर्थतन्त्र सुधार्न के-के गर्नुपर्छ ? यस्ता छन् उच्चस्तरीय आयोगका सुझाव