काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । शुक्रवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यो हालसम्मकै महँगो मूल्य हो । बिहीवार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँ बढेको छ । बिहीवार प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार प्रतितोला १० रुपैयाँ बढ्दै ९०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।