सवारी साधनबाट जाम शुल्क लिन सुरू, निगरानी गर्न १४०० क्यामेरा जडान

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरमा सवारी साधनहरुबाट जाम शुल्क लिन थालिएको छ । मेट्रोपोलिटन ट्रान्जिट अथोरिटीले सवारी साधनले सडकमा भीडभाड गरेकाेमा जाम गरेको शुल्क लिन थालेको हो ।

आइतबार मध्यरातिदेखि जाम शुल्क लागू गरिएको हो । यससँगै अब तोकिएका ठाउँहरूमा प्रवेश गर्ने सवारीसाधनले निश्चित शुल्क तिर्नुपर्नेछ । जाम शुल्क भने सवारी साधन अनुसार फरक फरक तोकिएको छ ।

दिनको भिडभाड बढी हुने समयमा तोकिएका क्षेत्रमा प्रवेश गर्ने यात्रु र साना कमर्शियल सवारी साधनले दैनिक ९ डलर तिर्नु पर्नेछ । रातिको समयमा भने २.२५ डलर तिर्नुपर्नेछ । त्यस्तै, मोटरसाइक्लले दिउँसो ४.५ डलर र रातिमा १.०५ डलर जाक शुल्क तिर्नुपर्नेछ ।

त्यसैगरी, साना ट्रक र गैर–यात्रुबाहक बसले दिनमा १४.४० डलर र रातमा ३.६० डलर, ठूला ट्रक र पर्यटक बोक्ने बसको शुल्क २१.६० डलरसम्म शुल्क तोकिएको छ ।

भिडभाड गर्न नहुने क्षेत्रमा सेन्ट्रल पार्कको दक्षिण, टाइम स्क्वायर र वाल स्ट्रिट आसपासको वित्तीय क्षेत्र रहेका छन् । यस योजना अन्तर्गत सवारी साधनको निगरानी गर्न ४०० लेनमा १ हजार ४०० भन्दा धेरै क्यामरा राखिएका छन् ।

न्यूयोर्क विश्वमै धेरै जाम हुने मध्येको एक सहर हो । सरकारले जाम शुल्कबाट अर्बौं डलर संकलन गर्ने लक्ष्य राखेको छ । न्यूयोर्ककी गभर्नर क्याथी होचुलले दुई वर्ष अघि नै यो शुल्कको घोषणा गरेकी थिइन् । तर केही यात्री र व्यवसायहरूले गुनासो गरेपछि यसको कार्यान्वयनमा ढिलाइ गरेर केही संशोधन गरिएको थियो ।

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने यस योजनाको विरोध गरेका थिए । एजेन्सी

वैकल्पिक वित्त सम्बन्धी कानुन बन्दै, ५० अर्बको कोष बनाउने प्रस्ताव Read Previous

वैकल्पिक वित्त सम्बन्धी कानुन बन्दै, ५० अर्बको कोष बनाउने प्रस्ताव

बढ्यो सार्वजनिक सवारीकाे भाडा, कहाँ पुग्न कति लाग्छ ? (भाडादरसहित) Read Next

बढ्यो सार्वजनिक सवारीकाे भाडा, कहाँ पुग्न कति लाग्छ ? (भाडादरसहित)