काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । डिजेलको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।
गत साउन ३१ गतेदेखि यता पटक पटक डिजेलको भाडा बढेको भन्दै विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा ३.३० प्रतिशत भाडा बढाएको छ । त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ०.८१ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ०.०५ प्रतिशत भाडा बढाइएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।
यस्तो छ पछिल्लो पटक बढेको भाडादर