पहिलो दिनमै बिक्यो गार्डियन माइक्रो लाइफको आइपीओ, कतिले भरे ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै मागभन्दा ३.४४ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले आजदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ५ः०६ बजेसम्म ४ लाख ४८ हजार ५६९ जनाले ६३ लाख ३० हजार ८०० कित्ताका लागि आवेदन परेको छ । पहिलो दिनमा ६३ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

गार्डियन हाल संचालनमा रहेका ७ लघु बीमा कम्पनीमध्ये आइपीओ जारी गर्ने पहिलो कम्पनी समेत बनेको छ ।

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता Read Previous

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम प्रदान Read Next

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम प्रदान