धादिङको धुनीवेँशीमा इन्भेष्टमेण्ट मेगाको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)ले धादिङको धुनीवेँशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनीवेँशी नगरपालिका वडा नं. ९, टायलघरमा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धुनीवेँशीमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ।

शाखारहित बैंकिङ सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जन–प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारिहत बैंकिङ सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए।

बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानीयस्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको छ।

व्यवसायिक प्रतिनिधि मार्फत ग्राहकहरूले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैंकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोवाइल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।

बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा वित्तिय पहुँच पुर्‍याउने लक्ष्यका साथ शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको छ।

शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्त्वपूर्ण औजारको रुपमा स्थापित रहँदै आएको छ।

हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ सेवा केन्द्र, ६५ वटा एक्सटेन्सन काउण्टर र २६५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

विश्व बैंकको लगानीमा धमाधम स्तरोन्नति गरिँदै तीन सडक Read Previous

विश्व बैंकको लगानीमा धमाधम स्तरोन्नति गरिँदै तीन सडक

निरन्तर खस्किँदै टेलिकम व्यवसाय : गुम्यो २४ अर्बको व्यापार, राजस्वमा धक्का Read Next

निरन्तर खस्किँदै टेलिकम व्यवसाय : गुम्यो २४ अर्बको व्यापार, राजस्वमा धक्का