भ्रष्टाचार निवारण विधेयक राज्यव्यवस्था समितिबाट पारित

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकबाट उक्त विधेयक पारित गरेको हो ।

विधेयकमाथि राज्यव्यवस्था समितिले गठन गरेको हृदयराम थानी संयोजकत्वको उपसमितिले गठन गरेको प्रतिवेदनमाथि छलफल गरेर पारित गरेको हो । विधेयकमाथिको प्रतिवेदन समितिले तयार पारेर संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्नेछ ।

उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

विधेयकमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त गरी कुनै संस्थाले कार्यक्रम वा परियोजना सञ्चालन गरेकोमा त्यस्तो कार्यक्रम वा परियोजना सम्बन्धी कामकारबाही गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, अनुसन्धानका लागि विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्नसक्ने लगायतका व्यवस्था गरिएको छ ।

१६ शाखाबाट कर्णाली डेभलपमेन्टका निक्षेपर्ताको पैसा फिर्ता सुरू, २५ हजार दिने Read Previous

१६ शाखाबाट कर्णाली डेभलपमेन्टका निक्षेपर्ताको पैसा फिर्ता सुरू, २५ हजार दिने

अब चन्द्रागिरि नगरपालिकामा 'गुगल प्लस कोड' सहितको सडक, चोक र घर नम्बर Read Next

अब चन्द्रागिरि नगरपालिकामा 'गुगल प्लस कोड' सहितको सडक, चोक र घर नम्बर