१ दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।

सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि ३ वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ ।

कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई ३ वर्ष, केहीलाई १ वर्ष तथा केहीलाई ६ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ ।

पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

प्रविधि क्षेत्रमा सन् २०२५ मा के-के नयाँ आउला ? Read Previous

प्रविधि क्षेत्रमा सन् २०२५ मा के-के नयाँ आउला ?

रसुवागढी हाइड्रोपावरद्वारा व्यापारिक उत्पादन सुरू, वार्षिक सवा ३ अर्बको बिजुली बेच्ने Read Next

रसुवागढी हाइड्रोपावरद्वारा व्यापारिक उत्पादन सुरू, वार्षिक सवा ३ अर्बको बिजुली बेच्ने