नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार सिटिजन्स बैंक इन्टरनेशनल र हाथवे इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सिटिजन्स बैंकको ४ प्रतिशत (५६ लाख ८० हजार ३८९ कित्ता) र हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत (२५ लाख ७४ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

सरकारले खुलायो साढे २८ हजार मेगावाट बिजुली उत्पादनको बाटो Read Previous

सरकारले खुलायो साढे २८ हजार मेगावाट बिजुली उत्पादनको बाटो

बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन Read Next

बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन