रिलायबल नेपाल लाइफका ग्राहकले अन्नपूर्ण केबलकारमा ३०% छुट पाउने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकले पोखरास्थित अन्नपूर्ण केबलकारमा ३० प्रतिशत विशेष छुट पाउने भएका छन ।

रिलायबल नेपाल लाइफ र अन्नपूर्ण केबलकार बीच विशेष छुट सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा रिलायबल नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले हस्ताक्षर गरे ।

अन्नपूर्ण केबलकार सँगको यस समझदारीले इन्सुरेन्सका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफले जनाएको छ । रिलायबल नेपाल लाइफले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

नवनियुक्त ५ राजदूतले लिए शपथ Read Previous

नवनियुक्त ५ राजदूतले लिए शपथ

सेयर बजारमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

सेयर बजारमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी