माछापुच्छ्रे बैंक र क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम संचालन गरिएको छ ।

युवा विद्यार्थीहरूमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपन बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूका पुस १६ गते लगानी तथा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरिएको हो ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक Read Previous

बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

स्याङ्जाबाट १ अर्ब १२ करोड सुन्तला बिक्री Read Next

स्याङ्जाबाट १ अर्ब १२ करोड सुन्तला बिक्री