शिवम् सिमेन्टसहित ६ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकैपटक ६ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबार लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट, साना किसान लघुवित्त, डिप्रोक्स लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

यी कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार लक्ष्मी सनराइन बैंकको नयाँ सेयर मूल्य २२४.७६ रुपैयाँ कायम भएको छ । लक्ष्मीले वितरण गर्ने ५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५९ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको छ । बैंकको नयाँ मूल्य ३७२.४ रुपैयाँ तोकिएको छ ।

शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको छ । शिवम्को नयाँ सेयर मूल्य ५१२.२१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, साना किसान लघुवित्तको १३.३ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भई नयाँ मूल्य ८१४.६५ रुपैयाँ तोकिएको छ ।

डिप्रोक्स लघुवित्तको नयाँ सेयर मूल्य ७८५.३९ रुपैयाँ कायम भएको छ । डिप्रोक्सको ९.५ प्रतिशत बोनसका आधारमा सेयर मूल्य समायोजन गरिएको हो ।

अब बुधबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरूको कारोबार खुल्नेछ ।

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, ३० हजार लाग्ने Read Previous

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, ३० हजार लाग्ने

राइड शेयरिङ व्यवसाय रोक्न मिल्दैन : सर्वोच्च Read Next

राइड शेयरिङ व्यवसाय रोक्न मिल्दैन : सर्वोच्च