दुर्घटना न्यूनीकरण गर्न पूर्व-पश्चिम राजमार्गमा ‘टाइमकार्ड’

तुलसीपुर । दुर्घटना न्यूनीकरण गर्न पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-नर्ती सडकमा समय सीमा (टाइम कार्ड) निर्धारण गरिएको छ ।

आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।

उनका अनुसारप्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो । जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन् । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ । रासस

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन Read Previous

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

घाटामा रहेको लघुवित्तको सेयर मूल्य ६५०० पुग्यो, नेपाल फाइनान्सकै हालत त हुँदैन ? Read Next

घाटामा रहेको लघुवित्तको सेयर मूल्य ६५०० पुग्यो, नेपाल फाइनान्सकै हालत त हुँदैन ?