नेप्सेमा ३० अंकको उतरचढाव, ६ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य अंको वृद्धि भएको छ । दिनभरमा ३० अंकको उतरचढाव आएको नेप्सेमा अन्त्यमा ४ अंकले बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड रुपैयाँले बढेर ५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २.७० प्रतिशतले घटेको छ ।

आज प्रभु बैंकको ५० अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक् र जोशी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

लङ्खुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न Read Previous

लङ्खुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

कर्णालीको तरंग 'कमजोर' विकास बैंकको सेयरमा, अतालिन थाले लगानीकर्ता Read Next

कर्णालीको तरंग 'कमजोर' विकास बैंकको सेयरमा, अतालिन थाले लगानीकर्ता