सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट दिँदै मधेश सरकार

सिरहा । सवारीसाधनको कर र नवीकरण दस्तुरमा लाग्ने जरिवाना शुल्कमा मधेश प्रदेश सरकारले शत्प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।

सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ ।

कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ । रासस

दैलेखमा पेट्रोलियम अन्वेषण अन्तिम चरणमा, ३९३० मिटर 'ड्रिलिङ' सम्पन्न Read Previous

दैलेखमा पेट्रोलियम अन्वेषण अन्तिम चरणमा, ३९३० मिटर 'ड्रिलिङ' सम्पन्न

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का Read Next

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का