रोजगारी खोज्दै विदेश जाने साढे १८% बढे, ५ महिनामै गए सवा ३ लाख नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउन-मंसिर)मा सवा ३ लाख बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको मंसिरसम्म ३ लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत अर्थात् ५१ हजार २९२ जनाले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म २ लाख ७४ हजार ५१७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार मंसिर महिनामा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आवको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

चालु आवमा औसतमा मासिक ६५ हजार १६१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

एनसीएचएल स्थापनाको १६ वर्ष पूरा, १ वर्षमा १५५ खर्ब भुक्तानी फछ्र्योट Read Previous

एनसीएचएल स्थापनाको १६ वर्ष पूरा, १ वर्षमा १५५ खर्ब भुक्तानी फछ्र्योट

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार Read Next

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार