महुली लघुवित्तको एफपीओमा झण्डै १८ लाखले दिए आवेदन, ९७.३४ प्रतिशतले नपाउने

FPO

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीआ)मा मागभन्दा ५२.३७ गुणा धेरै आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार लघुवित्तको एफपीओमा कुल २ करोड ४९ लाख ३ हजार ६१० कित्ताका लागि १७ लाख ८७ हजार ३९१ जनाले आवेदन दिएका छन् ।

तीमध्ये ९७.६६ प्रतिशत आवेदकले नपाउने भएका छन् । लघुवित्तले जम्मा ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।

धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार ४७ हजार ५४४ जना अथार्त २.६६ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १७ लाख ४० हजार बढीको हात रित्तो हुने देखिएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सहकारीमा अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै बचत गर्न पाइने Read Previous

सहकारीमा अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै बचत गर्न पाइने

१५०० परिवार बस्ने माङ्सेबुङ गाउँ, जहाँ चल्दैन मासु र मदिरा Read Next

१५०० परिवार बस्ने माङ्सेबुङ गाउँ, जहाँ चल्दैन मासु र मदिरा