लाभांश प्रयोजनका लागि शिवम् सिमेन्टले तोक्यो बुकक्लोज

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले पुस २९ गते नवौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

शिवम्ले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १५ प्रतिशतले बढ्यो, कुनको कति ? Read Previous

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १५ प्रतिशतले बढ्यो, कुनको कति ?

बजेट अभावले धनगढी-दिपायल सडकमा ८ पुल निर्माण प्रभावित Read Next

बजेट अभावले धनगढी-दिपायल सडकमा ८ पुल निर्माण प्रभावित