टरिगाउँ विमानस्थल विस्तार गर्ने नेताहरूको प्रयास, साढे ३ अर्ब लाग्ने

दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।

आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गरेका हुन् ।

उनीहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि प्रस्तुत गरेका थिए ।

पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि ३ अर्ब, ४२ करोड २८ लाख रुपैयाँ लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डीपीआर प्रस्तुत गरिएको हो ।

७५० मिटर लामो धावनमार्गलाई १ हजार ५०० मिटरमा विस्तार गर्ने प्रस्ताव डीपीआरमा भएको छ ।

सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

४ महिनामा काठमाडौं महानगरमा सहकारीका १५९३ उजुरी Read Next

४ महिनामा काठमाडौं महानगरमा सहकारीका १५९३ उजुरी