सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आव २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ९ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा सेलिब्रेशन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कालिञ्चोक दर्शनले हकप्रद सेयर जारी गर्ने Read Previous

कालिञ्चोक दर्शनले हकप्रद सेयर जारी गर्ने

टरिगाउँ विमानस्थल विस्तार गर्ने नेताहरूको प्रयास, साढे ३ अर्ब लाग्ने Read Next

टरिगाउँ विमानस्थल विस्तार गर्ने नेताहरूको प्रयास, साढे ३ अर्ब लाग्ने