नेप्सेमा दोहोरो अंकको गिरावट, ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ८३ अंकले घटेको नेप्सेले यस साता पनि ओरालो यात्रा कायमै राखेको हो ।

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा आइपुगेको छ । आज ३१९ कम्पनीकाे ४ अर्ब ५१ करोड रुपैयाँ बढीको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.०५ प्रतिशतले घटेको छ ।

आज रिभर फल्स पावरको सर्वाधिक २२ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको झण्डै १३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरका सेयरधनीले १० प्रतिश कमाएका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले भने सर्वाधिक ६.४ प्रतिशत गुमाएका छन् ।

निगमको जहाजमा अचेत भेटिएका व्यक्तिको मृत्यु Read Previous

निगमको जहाजमा अचेत भेटिएका व्यक्तिको मृत्यु

अब चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने, विधेयक अर्थ समितिबाट पारित Read Next

अब चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने, विधेयक अर्थ समितिबाट पारित