सहकारी ठगीमा जीबीसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रविविरुद्ध आइतबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु (जीबी)राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो चरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरु विरुद्ध पूरक अभियोग दर्ता भएको हो । १९ जना विरुद्ध यसअघि नै १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

आज थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

थप अभियोग दर्ता जीबी, भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाशकुमार दर्लामी, धीरजकुमार दास, कुमार रम्तेल, हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई रहेका छन् ।

त्यस्तै, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित छवि जोशी, रामबहादुर खनाल, लिला पछाईं र कृष्ण गुरुङ विरुद्ध भने आइतबार मात्रै मुद्दा दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ ।

मुग्लिन-पोखरा सडको २० किमी खण्डमा १० सेन्टिमिटर बाक्लो कालोपत्र सम्पन्न Read Previous

मुग्लिन-पोखरा सडको २० किमी खण्डमा १० सेन्टिमिटर बाक्लो कालोपत्र सम्पन्न

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश Read Next

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश