मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

साइबर अपराधको कसुरमा गत मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले मंसिर २७ गते ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, उनी माथि आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले हिरासतमा राखेको थियो । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरू फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको थियो ।

अदालतले धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले पुनः हिरासतमा राखेपछि प्रसाईंका छोराले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

सहकारी ठगीमा जीबीसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रविविरुद्ध आइतबार Read Previous

सहकारी ठगीमा जीबीसहित १९ जनाविरुद्ध कास्कीमा मुद्दा दर्ता, रविविरुद्ध आइतबार

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार बढी आवेदन, ३% ब्याजदरमै ऋण पाउने Read Next

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार बढी आवेदन, ३% ब्याजदरमै ऋण पाउने