नेको इन्स्योरेन्सले लिमिटेडले १२ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७४ ७५ को नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितीको बैठकले १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको १४ लाख ११ हजार ५ सय ३४ कित्ता बोनस सेयर प्रस्ताव गरेको हो ।
साथै सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ७४ लाख २९ हजार १ सय २७ रुपैयाँ बराबरको नगद लाभांश समेत प्रस्ताव गरिएको छ ।
उक्त बोनस सेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृती पछि आगामी साधारणसभाबाट पारित भए वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार २ सय रहेको छ । उक्त बोनस सेयर पश्चात कम्पनीको चूक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार ६ सय ८ हुनेछ ।
