नेपाल विद्युत प्राधिकरणले माग्यो १ हजार बढी कर्मचारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा गरी १०३३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जना खुलारसमावेशी प्रतिश्पिर्धाबाट स्थायी नियुक्त गर्न आवेदन माग गरेको हो ।

सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले संचालन गर्नेछ । इच्छुक व्यक्तिले आफ्नो योग्यता अनुसारको पदमा आगामी पुस २५ गतेसम्म आवेदन दिन पाउने छन् । दोब्बर दस्तुर बुझाएर माघ ३ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक स्तर तह ५का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।

अधिकृतस्तरमा सबैभन्दा बढी ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उतीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोत्तर उतीर्णले दरखास्त दिन पाउनेछन् ।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उतीर्णले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उतीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सीए उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १÷१ जना माग गरिएको छ । प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७वातावरणविद् र तह७ जियालोजिस्ट २र२ जना माग गरिएको छ ।

तह ५ मिटर रिडिङ सुपरभाइजर ४१ जना माग गरिएको छ । कोशी प्रदेशमा १२, मधेशमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ । मिटररिडिङ सुपरभाइजरका लागि न्यूनतम योग्यता प्रविणता प्रमाण पत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ ।

तह ५ लेखापाल ३९ जना माग गरिएको छ । कोशीमा ७, मधेशमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको हो । लेखापालाको न्यूनतम योग्यता वाणिज्य शाष्त्र वा व्यापार प्रशासन लिई प्रविणता प्रमाणपत्र तह वा १२ कक्षाउतीर्ण तोकिएको छ ।

तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ । कोशी प्रदेशमा १४०, मधेशमा ९५, बागमतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो ।

यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

अधिकृतस्तरका कर्मचारीले नेपाल भर काम गर्नुपर्ने छ भने सहायक स्तरका कर्मचारीले आवेदन फाराम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नु पर्ने छ । प्रादेशिक स्तरको विज्ञापनबाट छनोट भई नियुक्त हुने कर्मचारीको ७ वर्षसम्म त्यस क्षेत्रका कार्यालय बाहेक अन्यत्र सरुवा हुने छैन ।

भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरू, नेपालमा लगानीका लागि आह्वान Read Previous

भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरू, नेपालमा लगानीका लागि आह्वान

लोडसेडिङ हुदाँ खुसी हुने जमातले नै लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ Read Next

लोडसेडिङ हुदाँ खुसी हुने जमातले नै लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ