काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२० लाई सेयर बजारले स्वागत गरेको । आजबाटै शुरु भएको नेपाल भ्रमण वर्षको प्रभाव शेयर बजारमा पनि देखिएको छ । नेप्सेमा सूचीकृत होटल समूहकै सूचकमा पोजेटिभ सर्किट लागेको छ ।
शेयर बजार मापक सूचक नेप्से बिहीबार ३.४७ बढेर ११६९.५० विन्दुमा आइपुगेको छ । आज १७६ कम्पनीको ३७ करोड २९ लाख ८८ हजार ३०१रुपैयाँ बराबरको कारोबार भएको छ । ११ लाख ७५ हजार ३१३ कित्ता शेयर किन बेच भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
कारोबार भएका १२ वटा समूहमध्ये ८ समूहको सूचक उकालो लागेका छन् भने ४ समूहको सूचक ओरालो लागेका छन् । होटल समूहको सूचक सबैभन्दा धेरै १६८.३२ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ८२.३६ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा आज ओरियन्टल होटलको शेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ९५ लाख ४१ हजार ४५३ रुपैयाँको कारोबार भएको छ ।
भ्रमण वर्षको पहिलो दिन आज होटल समूहको सूचकमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेमा सूचीकृत तारागाउँ रिजेन्सी, ओरियन्टलको र सोल्टी होटलको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले घटेको छ