चितवनलाई हराउँदै कर्णाली एनपीएलको क्वालिफायरमा प्रवेश

काठमाडौं । कर्णाली याक्स  चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा पुगेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवन विरुद्ध ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको चितवनले निर्धारि २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमै सीमित भयो ।
कर्णालीलाई जिताउन जिशन ममकसूदले ३, नन्दन यादव र सोमपाल कामीले समान २२ विकेट लिए । चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाए ।
त्यसअघि कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।
 त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा  चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक  विकेट लिए । चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।
सानिमा बैंकबाट अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सकिने Read Previous

सानिमा बैंकबाट अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सकिने

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरू Read Next

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरू