काठमाडौं । मुक्तिनाथ विकास बैंक र हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएका छन् ।
दुवै बैंक संचालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
दुवै बैंकको बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेका छन् । राष्ट्र बैंकको स्वीकृतिपछि साधरण सभा बोलाउने छन् ।