मेरो माइक्रोफाइनान्स र चिलिमे जलविद्युतको लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

दुवै कम्पनी संचालक समितिको पुस १ गते बसेको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश घोषणण गरेको छ ।

त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरू Read Previous

साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरू

मुक्तिनाथ र हिमालयन बैंकका सेयरधनीको हात रित्तो, लाभांश नदिने Read Next

मुक्तिनाथ र हिमालयन बैंकका सेयरधनीको हात रित्तो, लाभांश नदिने