साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ३ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले पुस १९ गते १६ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

राजविराजमा रात्रिकालीन उडान सुरू Read Next

राजविराजमा रात्रिकालीन उडान सुरू