काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा आइपुगेको हो ।
आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ६७ हजार ६४८ पटक खरिदबिक्री भएको छ । आज ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह ४.४१ र व्यापार समूह ३.५५ प्रतिशतले घटेको छ । बैंकिङ १.४९, विकास बैंक २.०३, होटल तथा पर्यटन २.३१, जलविद्युत् २.३६, लगानी १.५६ र जीवन बीमा १.८२ प्रतिशत प्रतिशतले घटेको छ ।
आजको कारोबारमा २२७ कम्पनीको सेयर मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभल पमेन्ट लिमिटेडको रू २६ करोड ४५ लाख ९० हजार ३३० बराबरको सेयर किनबेच भएको छ ।