रविको अनुसन्धान फाइल सरकारी वकिलमा बुझाइयो, ३ कसुरमा मुद्दा चलाउन सिफारिस

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

अब कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरेर मुद्दा दायर गर्नेछ । प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी रहेको ठहरसहित प्रतिवेदन बुझाएको हो ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित ४० जनाविरूद्ध अदालतमा अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई सुझाव दिएको दिएको छ।

लामिछानेसँगै गोर्खा मिडियाका व्यावसायिक साझेदारहरू जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई संगठित अपराधमा मुख्य योजनाकारका रूपमा किटान गरिएको छ ।

सहकारी ठगी सम्बन्धी मुद्दामा लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी पोखरा ल्याइएको थियो । त्यसयता उनीमाथि सोही प्रकरणमा काठमाडौं, रुपन्देही, चितवन र पर्सामा पनि बयान गराइएको थियो ।

नेप्सेमा उच्च अंकको गिरावट, २२७ कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, २२७ कम्पनीको मूल्य घट्यो

सीएनआइवाइईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न Read Next

सीएनआइवाइईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न