‘पहिलो चरण’को व्यापार सम्झौता वासिङ्टनमा हुने

अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ ।

 

अमेरिका-चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएका हुन् ।

 

“हाम्रो चीनसँग हुने पहिलो चरणको बृहत् व्यापार सम्झौतामा मैले जनअरी १५ मा हस्ताक्षर गर्नेछु, राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा लेखेका छन् ।“चिनियाँ उच्च प्रतिनिधिमण्डलको उपस्थिति रहने सम्झौताको कार्यक्रम ह्वाइट हाउसमा हुनेछ ।”त्यसपछि वार्तालाई निरन्तरता दिन ट्रम्प बेइजिङ जाने कार्यक्रम रहेको पनि बताइएको छ ।

 

अमेरिका र चीनबीच गत वर्षदेखि व्यापार विवादका कारण दुबै देशले एक अर्कामाथि कर वृद्धि गरी व्यापारमा संरक्षणवादी नीति लिएका थिए ।

 

यसबीचमा दुई देशका व्यापार वार्ता गर्न बनेको प्रतिनिधिमण्डलबीच धेरै चरणमा अमेरिका र चीनमा वार्ता भएका थिए । यस विवादबारे अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच पनि पटकपटक औपचारिक तथा अनौपचारिक कुराकानी भएको थियो ।

नयाँ वर्षको दिन ४ लाख शिशु जन्मने Read Previous

नयाँ वर्षको दिन ४ लाख शिशु जन्मने

अर्घाखाँची सिमेन्टको धन वर्षामा मनोजले जिते १ लाख Read Next

अर्घाखाँची सिमेन्टको धन वर्षामा मनोजले जिते १ लाख