काठमाडौं । शिवम् सिमेन्ट र महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
शिवम्को मंसिर २७ गते र महालक्ष्मी विकास बैंकको पुस १ गते बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
शिवम् सिमेन्टले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणण गरेको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।