औपचारिक रुपमै फुट्यो ज्योति ग्रुप, नयाँ ‘पद्म ज्योति ग्रुप’ स्थापना

काठमाडौं । १ शताब्दीभन्दा लामो विरासत भएको नेपालको व्यापारिक घराना ज्योति समूह विभाजित भएको छ । भाइ रुप ज्योतिसँग सम्पत्ति सम्बन्धी विवाद भएपछि पद्म ज्योतिले आइतबार ‘पद्म ज्योति ग्रुप’ घोषणा गरेका हुन् ।

यसअघि रुप ज्योतिले ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका थिए । नयाँ ग्रुपको अध्यक्षमा पद्म ज्योति रहेका छन् । त्यस्तै, मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्।

पद्म ज्योतिले समूहको आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको छ । यो समूह अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होण्डा मोटरसाइकल छन् ।

रुप र पद्मका पिता मणिहर्ष ज्योतिले सन् १९२० मा ज्योति ग्रुप स्थापना गरेका थिए । सोही ग्रुप अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरु संचालन हुँदै आएका थिए ।

तर, पछिल्लो समय दाजुभाइ बीच सम्पत्तिका लागि किचलो बढ्दै गएको थियो । यो समूहको विवाद प्रहरी हुँदै अदालत समेत पुगेको थियो । विवादले व्यवसायमै असर पर्न थालेपछि पद्य्मले आफ्नो छुट्टै समूह घोषणा गरेका हुन् ।

अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई कायम राख्नको लागि नयाँ अध्याय सुरू गरिएको बताएका छन्।

पद्म ज्योति समूहले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्ने र नयाँ पुस्ताको नेतृत्वमा संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ।

मनकामना केबलकार दुई दिन बन्द हुने Read Previous

मनकामना केबलकार दुई दिन बन्द हुने

२७ वर्षपछि काठमाडौं-टीकापुर उडान सुरू, भाडादर कति ?  Read Next

२७ वर्षपछि काठमाडौं-टीकापुर उडान सुरू, भाडादर कति ?