भैरहवा विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण गरेको छ ।

शुक्रबार गौतमबुद्ध विमानस्थलमा एयर चाइनाले चार्टर्ड उडान गरेको हो ।

गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार एयर चाइनाको जहाज शुक्रबार मध्याह्न १२:३० बजे अवतरण गरेको थियाे ।

उक्त चार्टर्ड विमानमा २१७ यात्रु आएका थिए । उक्त जहाज चीनको सेन्जेनबाट आएको हो ।

हाल भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइ एयर एसियाले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। कतार एयरवेजले यसअघि उडान गरे पनि हाल स्थगित गरेको छ ।

 

बाढीपहिरोको क्षतिबापत १६ बीमा कम्पनीले दिए १.१९ अर्ब दाबी भुक्तानी Read Previous

बाढीपहिरोको क्षतिबापत १६ बीमा कम्पनीले दिए १.१९ अर्ब दाबी भुक्तानी

३५ वर्षपछि संचालनमा आउँदै टीकापुर विमानस्थल, आइतबारदेखि उडान हुने Read Next

३५ वर्षपछि संचालनमा आउँदै टीकापुर विमानस्थल, आइतबारदेखि उडान हुने