अब निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि सरकारी सरह पारिश्रमिक दिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा सरकारी सरह गर्न निर्देशन दिएको हो ।

त्यस्तै, मन्त्रालयले तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न भनेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थाले करार नियुक्ति सम्झौता गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक लब्धांक पत्रहरू कार्यालयले राख्न नपाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न, भारतमा बिजुली पठाउन मिल्ने Read Previous

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न, भारतमा बिजुली पठाउन मिल्ने

प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च Read Next

प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च