युनाइटेड अजोडको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतमले यसअघि एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेका थिए।

यसअघि इन्स्योरेन्सको सीईओ रहेका श्रवण रावलको कात्तिक ८ गते निधनपछि करिब डेढ महिनादेखि इन्स्योरेन्स नेतृत्वविहीन रहँदै आएको थियो ।

गौतमसँग इन्स्योरेन्स र बैंक तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ।

हेलिकप्टर कम्पनीले खुम्बु क्षेत्रमा उडान नरोक्ने Read Previous

हेलिकप्टर कम्पनीले खुम्बु क्षेत्रमा उडान नरोक्ने

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न, भारतमा बिजुली पठाउन मिल्ने Read Next

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न, भारतमा बिजुली पठाउन मिल्ने