नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक फेरि २७०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार एकैदिन ४५ बढेले घटेको नेप्से आज ३३ अंकले घटेको हो ।

बिहीबार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेको छ । यस दिन ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ९ करोड रुपैयाँले बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशतले घटेकोे छ ।

आज जानकी फाइनान्सको सर्वाधिक २६ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीका सेयरधनीले सर्वाधिक ८.५५ प्रतिशत कमाएका छन् भने जानकी फाइनान्सका सेयरधनीले ७.४१ प्रतिशत गुमाएका छन् ।

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति Read Previous

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित Read Next

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित