राधी विद्युतको लाभांश घोषणा, हकप्रद पनि ल्याउने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर २६ गते बसेको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । कम्पनीले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस १८ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुर बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावि लाभांश पाउने छन् ।

भासिएको ४ महिनापछि संचालनमा आयो कमलादी सडक Read Previous

भासिएको ४ महिनापछि संचालनमा आयो कमलादी सडक

अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेर लयमा फर्काएका छौं : अर्थमन्त्री पौडेलको अन्तर्वार्ता Read Next

अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेर लयमा फर्काएका छौं : अर्थमन्त्री पौडेलको अन्तर्वार्ता