भासिएको ४ महिनापछि संचालनमा आयो कमलादी सडक

काठमाडौं । काठमाडौंको कमलादी टुकुचा माथि)मा भासिएको सडक ४ महनिापछि संचालनमा आएको छ ।

गत साउन २४ गते राति भासिएको दरबारमार्ग महेन्द्र सालिकबाट हात्तीसार (कृष्ण पाउरोटी) तर्फ आउने सडक मर्मत सम्भार गरी बिहीबार (आज)देखि संचालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।

टुकुचा खोलामा लगाइएको पुरानो पर्खाल भत्किँदा उक्त सडक भासिएको थियो । उक्त स्थानमा ४.४८ मिटरको बक्स कल्भर्ट निर्माण गरी सडक मर्मत गरेर संचालनमा ल्याइएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कल्भर्ट निर्माणका लागि डीजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा धक्का Read Previous

वीरगञ्जबाट डिजेल आयात घट्यो, राजस्वमा धक्का

राधी विद्युतको लाभांश घोषणा, हकप्रद पनि ल्याउने Read Next

राधी विद्युतको लाभांश घोषणा, हकप्रद पनि ल्याउने