नेप्सेमा उच्च अंकको कमब्याक, २१२ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । गत बुधबारदेखि लगातार ओरालो लागेर ५ दिनमा १०५ अंकले घटेको नेप्से आज एकैदिन ४५ अंकले फर्केको हो ।

बुधबार नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ । यस दिन ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा सुधार आए पनि कारोबार रकम भने स्थिर रहेको छ । आज ५ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ ।

आज जानकी फाइनान्सको सर्वाधिक ३६ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिभर फल्स पावरको २० करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्र मूल्य घटेको छ ।

आज न्यादी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९७ प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा खानीखोला हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् ।

सेयर 'स्प्लीट' गर्दै एनएलजी इन्स्योरेन्स Read Previous

सेयर 'स्प्लीट' गर्दै एनएलजी इन्स्योरेन्स

सिमेन्टको मूल्य घटाउने सहमति, अब कतिमा पाइन्छ ? Read Next

सिमेन्टको मूल्य घटाउने सहमति, अब कतिमा पाइन्छ ?