प्रभु बैंकबाट एकैपटक ८ प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर

काठमाडौं । प्रभु बैंकका ८ जना संस्थापक (प्रमोटर) सेयरधनी एकैपटक बाहिरिने भएका छन् ।

बैंकका विद्यमान ८ संस्थापक सेयरधनीको नाममा रहेको ३२ लाख ९० हजार ३१७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको हो ।

बैंकका अनुसार प्रमोटर सेयरधनीहरू राजेन्द्र भट्टचनको १२ लाख ६९ हजार १ कित्ता, अम्बिका शर्मा लामिछानेको ५ लाख कित्ता, सबी भट्टचनको ६ लाख ७२ हजार ४२१ कित्ता, शिक्षा भट्टचनको ७ लाख ३३ हजार ७०६ कित्ता, सुनिल मान शेरचनको १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानको २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानको ३९ हजार ९५८ कित्ता र केशव तुलाधरको नाममा रहेको ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंकको उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ

लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । लिलामी सेयरको मूल्य भने तोकिएको छैन ।

रुसको जफत गरेको सम्पत्तिबाट अमेरिकाले युक्रेन २० अर्ब डलर सहयोग दिने Read Previous

रुसको जफत गरेको सम्पत्तिबाट अमेरिकाले युक्रेन २० अर्ब डलर सहयोग दिने

खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरू, ३५ हजार क्विन्टल किन्ने Read Next

खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरू, ३५ हजार क्विन्टल किन्ने