रुसको जफत गरेको सम्पत्तिबाट अमेरिकाले युक्रेन २० अर्ब डलर सहयोग दिने

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहयोग दिने भएको छ । अमेरिकाले उक्त रकम रुसको जफत गरेको सम्पत्तिबाट दिन लागेको हो ।

बीबीसीका अनुसार यो आर्थिक सहायता गत जुनमा जी समूहका देशहरुले घोषणा गरेको ५० अर्ब डलर प्याकेजको एक भाग हो हो ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने जानकारी दिइन् ।

उनले भनिन्, ‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो ।’

अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया–युक्रेन युद्ध समाप्त पार्ने बताएका थिए । तर, कार्यकाल सम्हाल्नु १ महिना अघि मात्रै अमेरिकाले २० अर्ब डलरको ठूलो सहयाता घोषणा गरेको हो ।

ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए ।

भारतीय कम्पनीले सन् २०२६ देखि स्वदेशमै उत्पादित सौर्य मोड्युल मात्र प्रयोग गर्नुपर्ने Read Previous

भारतीय कम्पनीले सन् २०२६ देखि स्वदेशमै उत्पादित सौर्य मोड्युल मात्र प्रयोग गर्नुपर्ने

प्रभु बैंकबाट एकैपटक ८ प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर Read Next

प्रभु बैंकबाट एकैपटक ८ प्रमोटर बाहिरिँदै, लिलामीमा राखे सेयर