माछापुच्छ्रे बैंकका सेयरधनीको हात रित्तो, लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको मंसिर २६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

गत वर्षको मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने बैंकले जनाएको छ । त्यस्तै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

एचआइडीसीएल र कालिका लघुवित्तको लाभांश घोषणा Read Previous

एचआइडीसीएल र कालिका लघुवित्तको लाभांश घोषणा

नेपाल र भारत बीच भन्सार मूल्यांकन असमान हुँदा चोरी-तस्करी बढ्दो Read Next

नेपाल र भारत बीच भन्सार मूल्यांकन असमान हुँदा चोरी-तस्करी बढ्दो