काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डभेलपमेन्ट कम्पनी (एचआइडीसीएल) र कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
दुवै कम्पनी संचालक समितिको मंसिर २५ गते बसेको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
एचआइडीसीएलले गत वर्षको नाफाबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश घोषणण गरेको छ ।
त्यस्तै, कालिका लघुवित्तले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।