काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बुधबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा मात्रै नेप्से १०६ अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा आइपुगेको छ । यस दिन ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६४ करोड रुपैयाँले घटेर ४ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ । यो १ महिना यताकै कम हो ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक ०.३३ प्रतिशतले बढेको छ भने जीवन बीमा १ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक १८ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ ।
आज जोशी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.६७ प्रतिशत कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चरका सेयरधनीले ८.६४ प्रतिशत गुमाएका छन्